जाडोसँगै विदेशबाट आउन थाले चराचुरुङ्गी (फोटोफिचर)
हिउँदयाम शुरु भएसँगै विभिन्न देशबाट चराचुरुङ्गीहरु नेपाल भित्रिन थालेका छन् । बर्खायाममा अन्यत्र पुगेका सयौं बढी प्रजातिका चराचुरुङ्गी चिसो मौसमसँगै बसाईसराईं गरेर नेपाल आउन थालेका हुन् । त्यसमा पनि धेरैजसो पानी चरा र हाँसहरु देखिन्छन् ।
चिल, बाज, फिस्टे, गिद्धजस्ता चराहरु पनि उपयुक्त मौसमको खोजीमा नेपाल आइरहेका छन् । नेपालमा नौ सय बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन् । जाडोयाममा नेपाल आउने चराहरु कोशी, कर्णाली, नारायणी, राप्ती, फेवाताल, जगदिसपुरताल, घोडाघोडी ताल, बर्जुतालजस्ता ठूल्ठूला नदी र पोखरीमा बस्न रुचाउँछन् ।
हरेक वर्ष जनवरीमा तिनका प्रमुख बासस्थानमा बसाईं सरेर आउने चराहरुको गणना गरिन्छ । ती चरा लाखौंको संख्यामा हुने गर्छन् । चखेवा, खोया हाँस, आसिढुँडे, ध्वाँसे फिस्टो, खड्खडे हाँस, सुइरोपुच्छेजस्तराहरु ठूलो संख्यमा नेपाल आउने गर्छन् भने श्वेतमाथा कलहाँस, देवदूत मनितुन्दक, देवहाँसजस्ता चरा निकै कम संख्यामा देखिन्छन् ।
तस्बिरहरु











टिप्पणीहरू