बालेन लोकप्रिय रहेको सर्वेपछि को डराए ?
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालदेखि पूर्वराजदूत विजयकान्त लालकर्णसहितको संस्थाले गरेको सर्वेमा आधारित भएर रवि लामिछानेले बालेन साहलाई टिपेको रहश्य खुलेको छ ।
चुनावअघि को हावी होला भनेर गरिएको सर्वेमा बालेन माथि रहेको सूचना पाएर रविले अन्तिम अवस्थामा बालेनलाई दल खोल्नबाट रोकेको स्रोतले जानकारी दियो । ‘एउटा सर्वे भएको छ, त्यसैले ४०% ले बालेनलाई प्रधानमन्त्री हेर्न चाहन्छन् भन्ने उत्तर दिएको रिपोर्ट रहेछ ।
रवि लामिछाने र गगन थापाले १०–१२% हाराहारी मत पाएछन् । कुलमानको पनि त्यही वरिपरी क्रेज रहेको डाटा निकालिएको रहेछ,’ स्रोतले भन्यो, ‘त्यो हिसाबले हेर्दा क्रेज बालेन, गगन, रवि र कुलमानकै देखियो । फिगरमा पुरानाको चर्चा छैन ।’ यही सर्वेको आधारमा बालेन र कुलमानलाई बोक्नैपर्ने बाध्यता भएको स्रोत बताउँछ । ‘कर्ण पश्चिमाको थोरबहुत तर दक्षिणको इन्ट्रेस्टमा काम गर्ने पात्र हुन् । उनीहरुकै सर्वेका कारण पछिल्लो समीकरण सम्भव भएको हो ।’
यस सर्वेपछि नै नयाँ समीकरण र ध्रुवीकरणका लागि काम गरिएको स्रोतको भनाइ छ । आफ्नो फेस नबिक्ने भयो भनेपछि बालेनसँग रविले ७ बुँदे सहमति गरेर उधारो प्रधानमन्त्री दिएका हुन् ।’ गिरिजाले किशुनजीलाई भावी प्रधानमन्त्री भन्दै चुनावमै ढालेको उदाहरणै छ ।
त्यसो त रविलाई कानुनी झमेला पनि चर्कै छ । ‘पोस्टर पहिलेभन्दा धमिलो भयो । त्यो प्रश्नबाट बच्नको लागि पार्टी आफ्नै हो, अनि भारी बालेनलाई बोकाइदियो । समानुपातिक भोट आए पनि आफ्नै, सांसद जिते पनि आफ्नै भयो ।’
बालेनसँग संगठन छैन, व्यक्तिको सम्झौता भएको छ । ‘जेन–जी’ को घोडा चढ्ने, त्यो घोडालाई हिजो कसले कति सिर्को हान्यो, कतिवटा घोडा मार्यो भन्ने विषयलाई चाहिँ अनदेखा गर्ने । ७ बुँदेमा जेन–जी हत्याको सन्दर्भ छैन, जेन–जी विध्वंसको प्रसंग पनि छैन । जेन–जीको सहानुभूति, समर्थन र सहयोगमा प्रधानमन्त्री हुने सपना देख्ने तर उसलाई गरिएको दमनबारेमा मौन बस्ने ।
(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू