घुम्ने योजनामा रहेकी गाउँपालिकाकी कर्मचारीले राति नै पासो लगाएपछि...

घुम्ने योजनामा रहेकी गाउँपालिकाकी कर्मचारीले राति नै पासो लगाएपछि...
सुन्नुहोस्

रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत कोइली शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । गाउँपालिकाको प्रशासन शाखामा कार्यरत कार्यालय सहायक शाहीको शव सिस्ने गाउँपालिका ५ स्थित आफ्नै कोठामा भेटिएको छ । 

वडा नम्वर ६, खोपीचारकी २३ वर्षीया शाही झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार शाही भाडामा बस्दै आएकी थिइन् ।

आज घुम्न जाने योजना बनाएका उनका महिला साथीहरुले फोन गर्दा नउठेपछि आसपासका चिनजानका मानिसलाई फोन गरेर सोधपुछ गरेका थिए । कोठामा पुगेर स्थानीयले बोलाउँदा कुनै संकेत फेला नपरेपछि बिहान ९ बजेको समयमा प्रहरीलाई सूचना दिइएको थियो । 

प्रहरी टोली पुगेर हेर्दा कोठाभित्र झुण्डिएको अवस्थामा शव फेला परेको बताइन्छ । घटना गएराति नै भएको हुनसक्ने प्रहरीको अनुमान छ । शाहीको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।

टिप्पणीहरू