‘छापामार शैली’ मा मौद्रिक नीति जारी गरेका गभर्नर भारतीय सीमा नजिकै

‘छापामार शैली’ मा मौद्रिक नीति जारी गरेका गभर्नर भारतीय सीमा नजिकै

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल वीरगञ्ज पुगेका छन् । हिजो मध्यान्ह १२ बजे आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति कार्यकक्षबाट जारी गरेका उनी आज बैंकको वीरगञ्ज कार्यालयमा गएका हुन् । 

काठमाडौंबाट विमानमा सिमरा हुँदै दिउँसो वीरगञ्ज कार्यालय पुगेका उनी मुश्किलले एक घण्टा बसेर स्थलमार्ग हुँदै चितवन लागेको बताइन्छ । उखरमाउलो गर्मी र शनिबारको छुट्टीमा पनि कर्मचारीहरुलाई बैंकमा उपस्थितिका लागि बोलाइएको थियो । ‘वीरगञ्जको मध्यान्हको गर्मीमा के के न भन्लान् भनेर गभर्नरलाई स्वागत गर्न गएको हात्ती आयो हात्ती आयो फुस्सा झैँ भयो,’ भन्दै एकजना स्थानीय कर्मचारीले भने, ‘बैंकमा म मात्रै होइन, तपाइँहरु सबै गभर्नर भनेर हिँडे ।’ आज चितवनस्थित घर पुगेर उनी भोलि काठमाडौं फर्किने बुझिएको छ ।

पाँच वर्षे कार्यकालको पहिलो मौद्रिक नीति गुपचुप कार्यविधि संशोधन गरेर एकाएक असार २६ गते जारी गरेका हुन् । बैंकका एकजना पूर्व कार्यकारी निर्देशकले यो वर्षको मौद्रिक नीति सार्वजनिक गरिएको प्रक्रियालाई ‘छापामार शैली’ भन्दै व्यङ्ग्य गरेका छन् ।

बैंकले यसअघि २०७३ सालमा मौद्रिक नीति तर्जुमा कार्यविधि बनाएको थियो । २०७९ सालमा तत्कालीन गभर्नरले पहिलो संशोधन गरेको उक्त कार्यविधिमा हरेक वर्षको साउन १ गतेदेखि १५ दिनभित्र मौद्रिक नीति सार्वजनिक गरिने उल्लेख थियो । तर, कार्यविधि संशोधन भएको जानकारी सार्वजनिक रुपमा उल्लेख नगरी हिजो एकाएक नीति जारी गरेपछि ‘छापामार शैली’ भनिएको हो । कार्यविधिमा अहिले असार महिनाभित्र मौद्रिक नीति सार्वजनिक गरिने व्यहोरा उल्लेख छ । 

तर, साउन १ देखि १५ सम्मको पहिलेको व्यवस्था कहिले र कसले संशोधन गर्यो भन्नेबारे बैंक अधिकारीहरुले सर्वसाधारणलाई जानकारी गराउन आवश्यक ठानेका छैनन् । नयाँ संविधान जारी हुनुअघिसम्म सरकारले नयाँ आर्थिक वर्षको बजेट असार अन्तिममा ल्याउने गथ्र्यो । अहिले जेठ १५ गते बजेट घोषणा गर्ने व्यवस्थाका कारण मौद्रिक नीति असारभित्र जारी गर्नुलाई अन्यथा भन्न मिल्दैन । तर, विद्यमान कार्यविधिको पालना र संशोधन केन्द्रीय बैंकबाटै उल्लंघन हुनुलाई सम्बन्धित क्षेत्रले सकारात्मक रुपमा लिएको देखिँदैन ।

पहिलेको कार्यविधिबारे बैंकका एक जना सञ्चालकले भने, ‘असार मसान्तभित्र भन्ने व्यवस्था थियो भने गत वर्षसम्म पूर्व गभर्नर महाप्रसाद अधिकारीले किन साउन महिनाको पहिलो सातामा नीति जारी गरे ? यो वर्षका लागि विद्यमान मिति परिवर्तन गरिएको हो भने किन संशोधनबारे जानकारी गराइएन ?’
 

टिप्पणीहरू