समाचार

अब उजुरीका लागि चौकी धाउन नपर्ने

जिल्ला प्रहरी कार्यालय कालिकोटले उजुरी तथा गुनासो व्यवस्थापनका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ ।  जिप्रकाले उजुरी प्रक्रियालाई प्रभावकारी बनाउन क्युआर कोड स्क्यान गरेर उजुरी दिन सकिने व्यवस्था मिलाएको हो । योसँगै स्थानीय नागरिकले उजुरी र गुनासोका लागि प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।  यसअघि कुनै उजुरी तथा गुनासो गर्नु परेमा प्रहरी चौकी धाउनुपर्ने झन्झट थियो । हाल जिल्ला सदरमुकाम मान्मका विभिन्न क्षेत्रमा क्युआर कोड टाँसिएको छ । …

Page 224 of 1052