एमाले गण्डकीलाई १० करोडको घर

एमाले गण्डकीलाई १० करोडको घर
सुन्नुहोस्

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले १० करोडमा घर खरिद गर्ने भएको छ । पोखरा ८ सिमलचौरस्थित घर ९ करोड ६५ लाखमा खरिद गर्नेसम्बन्धी सम्झौता केही दिनअगाडि भएको पार्टी सचिव धनन्जय दवाडीले जानकारी दिए ।

दवाडीका अनुसार घर पाससमेत गर्दा १० करोडभन्दा बढी लाग्छ । ‘४ महिनाभित्र पास गर्ने सहमति भएको छ,’उनले भने, । घर खरिद रकम  पार्टी सदस्यबाटै उठाउने बताइएको छ । ’घर धनीले १० करोड मोल नघटेपनि ९ करोड ६५ लाख मात्र भुक्तानी गर्ने,बाँकी ३५ लाख पार्टीको  नाममा चन्दास्वरुप छुट दिने गरी कुरा मिलेको छ ।

घर किन्ने पैसा प्रत्येक सङ्गठित सदस्यबाट ५ सय नघट्ने गरी उठाउने निर्णय भएको छ । गण्डकीमा ६३ हजार पार्टी सदस्य रहेको एमालेको दाबी छ । यसरी पार्टी सदस्यबाट मात्रै करिब सवा ३ करोड भन्दा बढी उठ्नेछ । बाँकी रकम शुभेच्छुक र चन्दादाताबाट संकलन गरिने उनले बताए ।

बजारमा आर्थिक मन्दीले नकारात्मक प्रभाव पारे पनि नेकपा एमाले गन्डकी प्रदेश कमिटीले त्यति  महङ्गो घर किन्न अाँ ट गर्नु चानचुने कुरा होइन ।

टिप्पणीहरू