विनोद चौधरीविरुध्द जुटे पाल्पाली जनता

विनोद चौधरीविरुध्द जुटे पाल्पाली जनता

सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीविरुध्द पाल्पाका सर्वसाधारणले चर्को नाराबाजी गरेका छन् । रैनादेवी छहरा २, सर्देवास्थित सिजी सिमेन्ट कारखानाले गरेको चर्को प्रदुषणबाट जनस्वास्थ्यमा गम्भीर असर परेको उनीहरुको भनाई छ । 

‘ठेकेदार होशियार,सिजी तानाशाही बन्द गर’ भन्दै उनीहरुले नाराबाजी गरेका छन् । सर्वसाधारणले विनोद चौधरीतर्फ चोर औंला ठड्याउँदै भनेका छन्,‘धाक धम्की चल्दैन ।’

सिजी सिमेन्टले अत्यधिक प्रदुषण गराएपछि आफूहरुले बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । बारम्बारका सम्झौता र आश्वासन पालना नभएपछि स्थानीयले आन्दोलनको बाटो रोजेका हुन् । 

उनीहरुले प्रदुषणका कारण पानीले पखाल्दा पनि सफा नभएको तरकारी र घाँस बोकेर सिमेन्ट कारखाना नजिकै प्रदर्शन गरेको त्यहाँका पत्रकारहरुले बताए ।

 

टिप्पणीहरू