चौधरीका यस्तो चेकको भुक्तानी भयो कसरी ?

चौधरीका यस्तो चेकको भुक्तानी भयो कसरी ?

अन्यत्रको तुलनामा बैंकिङ प्रणालीमा व्यक्ति वा संस्थाको नामको विशेष महत्व हुन्छ । त्यसको कानुनी अर्थ पनि देखिन्छ । चेक वा डिजिटल भुक्तानीमा प्रेषक र प्रापकको नाम, थर, ठेगाना, खाता नम्बर र बैंकको नाममा एउटा अक्षर नमिले पनि रकम भुक्तानी हुँदैन ।

चेकमा मसी र अक्षर दुई किसिमको हुन नहुनेलगायत भुक्तानी सुरक्षाको निम्ति झन् बढी मापदण्ड तोकिएको छ । धेरैले नेपालका कुनै पनि बैंकमा चेकमा लेखिएको सामान्य गल्तीका कारण रकम भुक्तानी लिन वा दिन नसकेका धेरै उदाहरण छन् ।

तर, मुलुकको नियम, कानुनलाई धोती लगाउँदै हिँडेका सांसद विनोद चौधरीका जेठा छोरा निर्वाणलाई एक जनाले शुद्ध नाम नलेखी दिएको डेढ करोडको चेक फटाफट साटिएको पाइएको छ । एनएमबी बैंकका एक जना ग्राहकले दिएको डेढ करोडमा निर्वाणको नाम गलत लेखिएको छ ।

निर्माण चौधरी लेखिए पनि एनएमबी बैंकको चेक रकम खातामा जम्मा भएको हो । अन्य ग्राहकलाई चेकमा कमा, फुलस्टप, अक्षर, मसी, मितिमा हुने सामान्य गल्तीमा कुनै क्षमा गरिँदैन । त्यस्तो कमजोरी फेला परेको चेकको भुक्तानी नै हुँदैन । तर, नाम नै नमिलेको व्यक्तिको भुक्तानी नबिल बैंकले कसरी ग¥यो ? नेपाल राष्ट्र बैंकको कुन निर्देशनले उक्त चेक भुक्तानी गर्न मिल्छ ?

शौरभ केसीले २०७८ फागुन २३ गते निर्वाणलाई एक करोड ५० लाख रुपैयाँ एनएमबी बैंक, न्युरोड शाखामा रहेको उमङ्ग बचत खाताबाट दिएको देखिन्छ । तर, चेकमा निर्माण कुमार चौधरी लेखिएको छ । चेक नबिल बैंकको ललितपुर शाखाबाट १० मार्च २०२२ मा क्लियरिङमार्फत भुक्तानी लिइएको हो ।

जबकि उक्त चेकको पछिल्लो चौधरीको तर्फबाट मोबाइल नम्बर ९८५१०८५४४१ नम्बरका सितारामले खाता नम्बर १३३१००१७५०६०६५ मा जम्मा गरिदिन अंग्रेजीमा निर्वाणकुमार चौधरी लेखेको प्रष्ट छ । निर्वाणलाई निर्माण लेखिँदा पनि चेक भुक्तानी हुनु सबैभन्दा उदेकलाग्दो विषय हो ।

टिप्पणीहरू