पूर्व गृहसचिव र पूर्व आइजीपीले दिए बयान
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको बयान लिएको छ ।
सिंहदरबारस्थित आयोगको कार्यालयको छुट्टाछुट्टै कोठामा राखेर उनीहरूसँग बयान लिइएको हो । दुवाडी र खापुङको बयान अहिले जारी रहेको बताइएको छ ।
पुस ५ सम्मको कार्यावधि पाएको आयोगले घटनामा प्रत्यक्ष-परोक्ष संलग्न रहेका व्यक्तिहरूलाई बोलाएर धमाधम सोधपुछ गरिरहेको छ । हिजो सशस्त्र प्रहरीका आइजी राजु अर्याल पनि सँग साढे दुई घण्टा बयान लिएको थियो ।
असोज ५ गते गठन भएको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई तीन महिनाको अवधि दिइएको छ । आयोगमा बयान दिन नजाने र प्रतिवेदन पनि स्वीकार नगर्ने हुङ्कार छोडिरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा आयोगले के गर्ला भन्ने चासो छ ।
टिप्पणीहरू