पाँच राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका गैरआवासीय नेपाली राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
नेपालका लागि उज्वेकिस्तानका गैरआवासीय राजदूत सरदार मिर्जायुसुपोविच रुस्तम्बेव, रोमानियाकी सेना लतिफ, ताजिकिस्तानका लुक्मोन बोबोकालोन्जोडा, आइसल्याण्डका बेनेडिक्ट होस्कल्डसन र क्युवाका जुआन कालोस मार्सन अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नुपूर्व नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।
टिप्पणीहरू