बसन्तपुरबाट अघि बढेको ल्होसार र्यालीको समापन टुँडिखेलमा

बसन्तपुरबाट अघि बढेको ल्होसार र्यालीको समापन टुँडिखेलमा
सुन्नुहोस्

तमु ल्होसारको उपलक्षयमा राजधानीमा बाजागाजासहितको र्याली निकालिएको छ । बसन्तपुरबाट निकालिएको र्याली नयाँ सडक, रत्नपार्क, विद्युत प्राधिकरण, भद्रकाली, सुन्धारा हुँदै टुँडिखेल पुग्ने बताइएको छ ।

तमु ल्होसार छोजधि गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा भएको शुभकामना आदानप्रदान र्यालीको नेतृत्व समितिका अध्यक्ष लोकबहादुर गुरुङले गरेका छन् ।

एक हजार बढीको संख्यामा रहेका सहभागीहरु टुँडिखेलमा आयोजित मूल समारोहमा पुगेपछि विभिन्न झाँकी प्रस्तुत गरिने छ ।
 

टिप्पणीहरू