मध्य पुसमा दिनहुँ दर्जनौं आन्तरिक उडान रद्ध

मध्य पुसमा दिनहुँ दर्जनौं आन्तरिक उडान रद्ध

पुसको मध्यदेखि खराब मौसमका कारण आन्तरिक उडान रद्ध हुन थालेको छ । विशेषगरी काठमाडौंबाट तराई र मधेशका धेरैजसो शहरमा हुने उडान अवरुद्ध भएको छ । 

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिजो २० वटा र अस्ति १७ वटा उडान रद्ध भएका हुन् । हिजो बुद्ध एअरका १६, यति एअरलाइन्सका तीन र श्री एअरलाइन्सको एउटा उडान रद्ध भएको हो ।

विवरणअनुसार बुद्ध एअरका भैरहवा १, भरतपुर २, सिमरा ७ र जनकपुरका ६ उडान रद्ध भएका हुन् । त्यस्तै यति एअरलाइन्सको  भैरहवा, सिमरा र जनकपुरका एक एक वट उडान र श्री एअरलाइन्सको भैरहवातर्फको एउटा उडान रद्ध भएको थियो ।
खराब मौसमका कारण काठमाडौंबाट अस्ति पनि बुद्ध एअर, यति एअरलाइन्स र श्री एअरलाइन्सका डेढ दर्जन उडान रद्ध भएका थिए । बुद्धको भैरहवातर्फको १०, नेपालगञ्जको एक तथा यति एअरलाइन्सको भैरहवातर्फको दुई वटा उडान रद्ध भएको थियो ।

श्री एअरलाइन्सको काठमाडौंबाट नेपालगञ्ज एक, भैरहवा दुई र धनगढीको एउटा उडान रद्ध भएको थियो । तराईमा बाक्लो हुस्सु लागेपछि उडान प्रभावित भएको हो ।

टिप्पणीहरू