पारस शाहको जन्मदिनमा राजवादीहरुको र्याली

पारस शाहको जन्मदिनमा राजवादीहरुको र्याली

पूर्वयुवराज पारस शाहको जन्मदिनको अवसरमा आज राजावादीहरुले काठमाडौँमा र्याली निकालेका छन् । 

राष्ट्रवादी नागरिक समाजकाे अगुवाइमा बिहान साढे १० बजेदेखि हनुमानढोकास्थित कुमारी घर अगाडिबाट र्याली निकालिएको हो । समाजका संयाेजक चन्द्रबहादुर रामदामको नेतृत्वमा निस्किएको जुलुसमा उपसंयाेजक लक्ष्मी मल्ल,कार्यालय सचिव धुर्व गुरूङलगायत सहभागी छन् ।  

राष्ट्रिय झण्डा र ब्यानरसहित करिव चार दर्जनको संख्यामा निस्किएका राजावादीहरुले 'राजतन्त्र जिन्दावाद',राजा लेऊ देश बचाऊ', गणतन्त्र मूर्दावाद' जस्ता नारावाजी गरेका छन् । 

हनुमानढोकाबाट निस्केको र्याली मखन, इन्द्रचाेक,केलटाेल हुँदै असन पुगेर पारस शाहको दीर्घायुको कामना गर्दै दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

टिप्पणीहरू