माओवादी नेता मोहन वैद्य अस्पताल भर्ना

माओवादी नेता मोहन वैद्य अस्पताल भर्ना

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई अस्पताल भर्ना गरिएको छ । दम बढेपछि गएराति काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको बताइएको छ । 

पार्टी स्रोतले वैद्यलाई राति ८ बजे अस्पताल पुर्याइएको जानकारी दिँदै भन्यो, ‘अवस्था खतरामुक्त छ ।’ अध्यक्षलाई अस्पतालको एनेक्स २ को क्याबिन नम्बर ६१३ मा राखेर उपचार गरिएको छ ।

टिप्पणीहरू