पिकनिकका लागि हिँडेको बस दुर्घटना, २० जना घाइते

पिकनिकका लागि हिँडेको बस दुर्घटना, २० जना घाइते

बर्दियाबाट दाङ जादै गरेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । 

आज बिहान बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्राहलय रहेको चखौरामा वनभोजका लागि जादै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो । बस राप्ती राजमार्गअन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको दमारगाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको छ । घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ ।

टिप्पणीहरू