युक्रेनद्वारा रुसमा हवाइ आक्रमण, २० जनाको मृत्यु

युक्रेनद्वारा रुसमा हवाइ आक्रमण, २० जनाको मृत्यु

रुसको बेलगोरोडमा हवाई आक्रमण हुँदा २० जनाको मृत्यु भएको  छ । 

दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सीमावर्ती शहर बेलगोरोडमा शनिबार साँझ भएको हवाई आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । त्यसैको जवाफस्वरुप युक्रेनले रुसमा आक्रमण गरेको सामाचारमा उल्लेख गरिएको छ । 

रुस-युक्रेन युद्धको क्रममा रुसमा भएको यो मिसाइल आक्रमण अहिलेसम्मकै ठूलो र सबैभन्दा खतरनाक रहेको बताइएको छ । युक्रेनले भने आफूमाथि गरेको आक्रमणको प्रतिक्रियास्वरूप रुसी क्षेत्रमा ७० भन्दा बढी ड्रोन लन्च गरेको दावी गरेको छ ।

टिप्पणीहरू