समाचार

नेपाली सैन्य टोली राति लिबिया प्रस्थान

अफ्रिकी मुलुक लिबियामा शान्ति स्थापनार्थ नेपाली सेनाको एउटा टोली गएराति त्यसपर्त प्रस्थान गरेको छ । राति सवा २ बजे स्काइअप एअरलाइन्सको उडान नम्बर ७७७४ मा लिबियातर्फ उडेको टोलीको नेतृत्व सेनानी मञ्जु कुँवरले गरेका छन् । उक्त टोली संयुक्त राष्ट्र संघको मिसनमा तैनाथीका लागि भगवती प्रसाद गुल्म शान्ति सेनाको छैठौं डफ्फाको दोस्रो रोटेशन फ्लाइट मार्फत् सेनानी कुवँरको कमाण्डमा ५७ जना मिसन इलाकातर्फ प्रस्थान गरेको बताइएको छ ।

Page 1 of 1072