युट्युबको कथामा आधारित फिल्म बन्दै

युट्युबको कथामा आधारित फिल्म बन्दै

साइग्रेस पोखरेल युटुबमा कथा वाचन गरेर चर्चामा आएका पात्र हुन् । उनको आवाज र वाचनशैलीलाई दर्शक/स्रोताले निकै रुचाएको पाइन्छ । 

उनै साइग्रेसले तीन वर्षअघि लेखेको कथामा अब चलचित्र बन्ने भएको छ । हिजो राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’कार्यक्रममा चलचित्र ‘अधुरो कथा’को घोषणा गरिएको हो । कार्यक्रममा फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरिएको थियो । 

शिशिर खातीले निर्देशन गर्ने यो फिल्मलाई प्लानेट थ्री फिल्म्सले निर्माण गर्न लागेको हो । जसले यसअघि ‘रंगेली’ बनाएको थियो । 

कार्यक्रममा साइग्रेसले आफ्नो कथाले फिल्मको रुप पाउन लाग्दा खुशी लागेको बताए । फिल्मको निर्माण टिमले कथालाई पूर्ण न्याय दिनेमा उनले विश्वास व्यक्त गरे । 

त्यस्तै निर्देशक खातीले पनि चलचित्रलाई ०८२ सालमा रिलिज गर्ने उद्देश्य राखिएको जानकारी दिए । केही समयपछि चलचित्रमा सहमभागी हुने कलाकारहरुको विस्तृत जानकारी दिइने उनले बताए ।
 

टिप्पणीहरू