नेपाली चलचित्र क्षेत्रको नाम जुराउने अन्तिम तयारी

नेपाली चलचित्र क्षेत्रको नाम जुराउने अन्तिम तयारी

भारतीय फिल्म क्षेत्रलाई 'बलिउड' भनिन्छ । अमेरिकन फिल्म उद्योग हलिउडका नामले प्रख्यात छ । 

नेपाली चलचित्र क्षेत्रलाई के भनिन्छ ? यो प्रश्नमा धेरैले 'कलिउड' भन्न सक्छन् । तर, यो नाम आधिकारिक होइन । अर्थात् अहिलेसम्म नेपाली चलचित्र क्षेत्रलाइ चिनाउने कुनै त्यस्तो आधिकारिक नाम दिइएको छैन । 

तर, अब भने चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई के भन्ने ? वियषको प्रश्नलाई टुंगो लगाउदैछ । यसबारे नाम किटान गर्न बोर्डले समिति नै बनाएको थियो । 

जसमा बोर्ड अध्यक्ष भुवन केसी, सदस्यसचिव राजेशकुमार थापा, सदस्य लोकनाथ सुवेदी, अधिकृत निर्मला चौलागाइ, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी र फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा रहेको समितिले तीन नाम फाइनल गरेको छ- सिनेमाण्डु, कान्तिपुर फिल्म्स र एभरेस्ट फिल्म्स। 

यी तीन नामबारे अन्य चलचित्रकर्मीसँग छलफल गर्ने र बहुमत नाम निर्णयका लागि सरकारलाई सिफारिस गरेर पठाउने बोर्डको तयारी छ । त्यसरी सिफारिस भएर गएको नाम मन्त्रिपरिषद्बाट पारित हुनेछ ।

टिप्पणीहरू