अब उजुरीका लागि चौकी धाउन नपर्ने

अब उजुरीका लागि चौकी धाउन नपर्ने
सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय कालिकोटले उजुरी तथा गुनासो व्यवस्थापनका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ । 

जिप्रकाले उजुरी प्रक्रियालाई प्रभावकारी बनाउन क्युआर कोड स्क्यान गरेर उजुरी दिन सकिने व्यवस्था मिलाएको हो । योसँगै स्थानीय नागरिकले उजुरी र गुनासोका लागि प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । 

यसअघि कुनै उजुरी तथा गुनासो गर्नु परेमा प्रहरी चौकी धाउनुपर्ने झन्झट थियो । हाल जिल्ला सदरमुकाम मान्मका विभिन्न क्षेत्रमा क्युआर कोड टाँसिएको छ ।

आम सर्वसाधारणको गुनासो, समस्या र सुझाव संकलन गर्न क्युआर कोडको प्रयोग गरिएको कार्यालयले जनाएको छ । क्युआरबाट प्राप्त उजुरी कार्यान्वयन भए/नभएको विवरणसमेत उजुरीकर्तालाई दिइने बताइएको छ । 

त्यस्तै, उजुरीकर्ता तथा गुनासो राख्ने व्यक्तिको परिचय पनि गोप्य राखिने कार्यालयले जानकारी दिएको छ ।

टिप्पणीहरू