समाचार

क्याविनेट बैठक सिंहदरबारमा जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याविनेट बैठक राख्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले बैठक बसिरहेको छ ।  प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको क्याविनेट बैठकमा दुबै उपप्रधानमन्त्री, अधिकांश मन्त्री र मुख्यसचिव डा. बैकुण्ठ अर्याल सहभागी छन् ।  क्याविनेटको नियमित बैठकमा समसामयिक विषयहरु छलफलको एजेण्डा रहेको बताइएको छ । हरेक मंगलबार क्याविनेटको नियमित बैठक बस्दै आएको छ ।

Page 225 of 1072