'फाइटर'को 'बोल्ड-सिन'ले चर्चामा दीपिका

'फाइटर'को 'बोल्ड-सिन'ले चर्चामा दीपिका

बलिउडको बहुप्रतिक्षित नयाँ चलचित्र 'फाइटर'मा समावेश गरिएको एउटा गीतका कारण अभिनेत्री दीपिका पादुकोण यतिबेला चर्चामा छिन् । 

'इश्क जैसा कुच' बोलको गीतमा दिएको 'बोल्ड सिन'को कारण उनी चर्चामा आएकी हुन् । उक्त गीतमा दीपिकाले चलचित्रका मुख्य अभिनेता रित्तिक रोशनसँग रोमान्स गरेकी छन् । 

३८ वर्ष पुगेकी दीपिकाले सामुद्रिक तटमा बिकनी लगाएर नाचेको दृश्यलाई दर्शकहरुले निकै रुचाएका छन् । अहिलेसम्म भिडियोलाई साढे ४ करोडभन्दा धेरैले हेरिसकेका छन् । यो गीत यतिबेला युटुबको ट्रेन्डिङमा समेत छ ।
 
यशुराज नामका एक प्रयोगकर्ताले भिडियो कमेन्टमा लेखेका छन्, 'दीपिकाको बोल्डनेसलाई बलिउडका अरु कुनै अभिनेत्री टक्कर दिन सक्दैनन् ।' अर्का प्रयोगकर्ता पंकज अग्रवाल लेख्छन्, '३८ वर्ष पुगेकी दीपिका २०-२२ वर्षको तन्नेरी झै देखिएकी छन्, यो कसरी सम्भव छ ?' 

अग्रवालकै कमेन्टमा प्रतिक्रिया दिँदै किरण जावेदले लेखेका छन्, 'जति बुढो भए पनि दीपिकाको अदा सधैँ तन्नेरी नै देखिन्छ । यो उनको कला हो ।' 'एक्शन ड्रामा' जनरामा बनेको चलचित्र 'फाइटर' आगामी जनवरी २५ बाट रिलिज हुँदैछ ।

टिप्पणीहरू