वर्षौंको गुमनामपछि सानो पर्दाका ‘इकु’ ठूलो पर्दामा

वर्षौंको गुमनामपछि सानो पर्दाका ‘इकु’ ठूलो पर्दामा
सुन्नुहोस्

कुनैबेला ‘मेरी बास्सै’ टेलि–सिरियल दर्शकमा निकै चर्चित थियो । सिरियलसँगै एक पात्र पनि चर्चित थिए, इकु । सिरियलमा उनको क्यारेक्टर थियो, जंगली मानवको । उनले ‘इकु इकु !’ भन्दा बच्चादेखि वृद्ध–वृद्धासम्मले रमाइलो मान्थे । तर बिडम्बना, उनी केही वर्षयता गुमनाम छन् । खासगरी डिजिटल प्लेटफर्मसँग आफूलाई परिमार्जन गर्न नसक्दा उनलाई करिअर अघि बढाउन गाह्रो परेको अनुमान छ । 

अन्ततः उनै इकु (सुलेमान शंकर)ले ‘१२गाउँ’ नामक चलचित्रबाट कमब्याक गर्ने भएका छन् । अभिनेता विराज भट्टले निर्माण तथा निर्देशन गर्न लागेको यो चलचित्रमा इकु अनुबन्धित भएका हुन् । 

चलचित्रमा इकुलाई कमेडी भूमिकामा नै देख्न सकिने निर्माण टिमले जनाएको छ । यसअघि उक्त चलचित्रको लागि विराजकै छोरो समीर भट्टसहित न्यान्सी खड्का र सनिशा भट्टराई अनुबन्धित भइसकेका छन् ।

टिप्पणीहरू