स्टेजमा लडेकी ज्योतिलाई 'धोकेबाज गायिका'को सान्त्वना

स्टेजमा लडेकी ज्योतिलाई 'धोकेबाज गायिका'को सान्त्वना
सुन्नुहोस्

केही दिनअघि इलामको एक सांगीतिक कार्यक्रममा 'सेक्सी गायिका' को परिचय बनाएकी ज्योती मगरले गीत गाइरहँदा स्टेज भासिएको थियो । जुन घटनाले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । 

कतिपयले गायिका मगरले अराजक प्रस्तुती राखेका कारण स्टेज भासिएको भन्दै नकारात्मक टिप्पणी गरेका छन् । केहीले भने आयोजकले नै कमजोर स्टेज बनाएको भन्दै उनको बचाउ गरिरहेका छन् । 

यहीबीच 'धोकेबाज हौ तिमि' बोलको गीतले पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहानले ज्योती मगरको बचाउ गर्दै दुर्घटनामाथि भद्धा मजाक नगर्न आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै अरुको दु:खलाई मजाकको विषय बनाउनु गलत हुने भन्दै ज्योतिको बचाउ गरेकी  हुन् । 

उनले लेखेको स्टाटस यस्तो छ : 'मैले पनि भिडियो भाईरल भएपछि थाहा पाए । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा ज्योति दिदीले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केही कमजोरी देखियो र दिदी अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो । म एक कलाकार भएको हिसाबले कार्यक्रममा आफूअघिका दर्शकलाई रुजाउन अनि उहाँहरुको ध्यान आफूप्रति खिच्न कति कठिन छ त्यो मैले महशुस गर्नसक्छु । 

उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला । सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदी मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । 

सबैले मलाईपनि मन पराउनुहुन्न, हो सबैको आ-आफ्नो संगीत र अभिनयको स्वाद फरक हुनसक्छ त्यसो भन्दैमा ज्योति दिदीलाई मन पराउने दर्शक श्रोताको पनि कमि छैन । यस्ता दुर्घटना नहोस् भनि सम्पूर्ण कार्यक्रम आयोजकहरुलाई यी कुराहरुमा अत्यन्तै गम्भिर भई ध्यान पुर्याउनु हुन म बिनम्र अनुरोध गर्दछु ।'

टिप्पणीहरू