क्रेडिट कार्डको मासिक भुक्तानीमा एनएमबी बैंककोे ‘इन्स्टा बाइ’
एनएमबी बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । क्रेडिट कार्ड खरिदलाई व्यवस्थित मासिक भुक्तानीमा विभाजन गर्न बैंकले यस्तो कार्यक्रम ल्याएको बताइएको छ ।
यो सुविधा लागू भएसँगै ग्राहकले न्यूनतम ब्याजदरमा आफ्नो खरिद बराबर मासिक किस्तामा भुक्तान वा छनौट गर्न सक्ने छन् । बैंकका अनुसार यो सुविधामार्फत् अस्पताल, होटल, रेस्टुरेन्टलगायतका बिल तथा अन्य सेवाको भुक्तानी गर्न सकिनेछ ।
त्यसैगरी ठूला खरिदका लागि वा लामो अवधिसम्म आफ्ना खरिद …