राष्ट्र बैंकका प्रथम गभर्नरको ११ बजे अन्त्येष्टि

राष्ट्र बैंकका प्रथम गभर्नरको ११ बजे अन्त्येष्टि

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय समशेर राणाको निधन भएको छ । राणा वि.सं. २०१३ बैशाख १४ गते स्थापित राष्ट्र बैंकको पहिलो गभर्नर हुनुुहुन्थ्यो ।  

उहाँ राणा प्रधानमन्त्री श्री ३ देव समशेरका नाती हुनुहुन्छ । सोही कारण जन्मँदै कर्नेल उपाधि पाउनुभयो । उहाँ पनि त्यतिबेला मुलुकको प्रधानमन्त्री बन्ने रोलक्रममा रहेका राणा परिवारका सदस्यमध्येकै हुनुहुन्थ्यो ।  

राणा पाँच वर्ष मुलुकको पहिलो अर्थसचिव पनि हुनुभयो । वि.सं. २००७ सालपछि पाँच वर्ष देशको पहिलो अर्थसचिव हुँदै उहाँ नेपाल राष्ट्र बैँकको पहिलो गभर्नर बन्नुभएको हो । गभर्नरको रुपमा उहाँले ४ वर्ष ८ महिना बिताउनुभएको थियो ।  

त्यो समयमा मुलुकमा व्याप्त भारतीय रुपैँयाको कारोबारलाई नेपालको तराई क्षेत्रबाट विस्थापित गराएर नेपाली मुद्राको प्रयोगमा उहाँको अतुलनीय भूमिका थियो । त्यतिबेला नेपालका धेरैजसो भूभागमा भारुमै मालपोत उठाइन्थ्यो र भारुमै खर्च गरिन्थ्यो । ११ बजे पशुपति आर्यघाटमा उहाँको अन्तिम बिदाइ हुँदैछ ।

 

टिप्पणीहरू