नेपाल वायुसेवाको टिकट ई–सेवा, वालेट र अन्तर्राष्ट्रिय कार्डबाट

नेपाल वायुसेवाको टिकट ई–सेवा, वालेट र अन्तर्राष्ट्रिय कार्डबाट

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि टिकट खरिदमा डिजिटल प्रणालीलाई व्यापक प्रयोगमा ल्याउने भएको छ । अबदेखि इसेवा पोर्टलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडानका टिकट खरिद गर्न सकिने बनाइएको जानकारी दिइएको छ ।

निगमको वेवसाइट मार्फत् अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु केही समय अघिदेखि बिक्री भइरहेको थियो । यसैगरी निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको जनाएको छ । निगम पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत रहेको बताइएको छ ।

विद्यमान अवस्थामा निगमले बिक्री गर्न सकिने यात्रु सीट संख्याबारे पनि जानकारी दिइएको छ । काठमाडौं र नेपालगञ्जबाट हुने आन्तरिक उडानको विस्तृत विवरण, सिट संख्या उल्लेख छ । काठमाडौंबाट आठ स्थानमा र नेपालगञ्जबाट छ स्थानमा उडान हुने गरेको निगमले सोहीबमोजिम यात्रु संख्याबारे पनि प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

टिप्पणीहरू