प्रभुका ग्राहकलाई रिसोर्टमा आकर्षक छुट

प्रभुका ग्राहकलाई रिसोर्टमा आकर्षक छुट

प्रभु बैंकमा खाता हुनेहरुले हिमालय दृश्य रिसोर्टमा छुट पाउने भएका छन् । आफ्ना ग्राहकको निम्ति छुट दिलाउन विभिन्न व्यापारिक संघ, संस्थासँग सहकार्य गरिरहेको प्रभु बैंकले हिमालयसँग पनि द्विपक्षीय समझदारी गरेको हो ।   

बैंकको पुतलीसडकस्थित शाखा कार्यालयका प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका निर्देशक बबिता पाण्डेले आज छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा हस्ताक्षरपश्चात् प्रभु बैंकका ग्राहकले हिमालय दृश्य रिसोर्टद्वारा सञ्चालित ‘फुड र वेभरेज’ (एला कार्ट मेनु) सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

समझदारीअनुसार रिसोर्टमा सुविधा लिन चाहने बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गर्नुपर्ने हुन्छ । यस प्रकारका छुटले आफ्ना ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

टिप्पणीहरू