सरकार कमिटी बनाउने, ऋणीहरु मोसो दल्ने,गभर्नर घुम्ने
सरकारले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका माग सम्बोधन गर्न भन्दै वार्ता समिति बनाएको छ । प्रसाईंको राष्ट्र, राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानले राखेका मागमाथि छलफल गर्न सरकारका कानुनमन्त्री संयोजक, प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री सदस्य र प्रधानमन्त्रीका सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको समिति बनाइँदै छ । प्रसाईंका तर्फबाट पनि तीन जना प्रतिनिधि सिफारिस गर्न भनिएको छ ।
यसअघि प्रधानमन्त्री सुशीला कार्की र प्रसाईंबीच मंसिर २२ गते वार्ता भएको…