बालुवाटारमा एसबिआई अध्यक्षको शपथ
नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा चयन भएका वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज काठमाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा गर्भनर डा.विश्वनाथ पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन् ।
सो अवसरमा राष्ट्र बैंक तथा एसबिआई बैंकका विभिन्न पदाधिकारी, कर्मचारीहरु उपस्थित भएका थिए । एसबिआई बैंकको ५३६ औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका कुंचालाई सञ्चालक समिति अध्यक्षमा सर्वसम्मतले चयन गरेको थियो ।
कुं…