बालुवाटारमा एसबिआई अध्यक्षको शपथ

बालुवाटारमा एसबिआई अध्यक्षको शपथ

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा चयन भएका वेंकट वंसीधर कुंचाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज काठमाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा गर्भनर डा.विश्वनाथ पौडेलले उनलाई शपथ ग्रहण गराएका हुन् । 

सो अवसरमा राष्ट्र बैंक तथा एसबिआई बैंकका विभिन्न पदाधिकारी, कर्मचारीहरु उपस्थित भएका थिए । एसबिआई बैंकको ५३६ औं बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका कुंचालाई सञ्चालक समिति अध्यक्षमा सर्वसम्मतले चयन गरेको थियो । 

कुंचा एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहका मुख्य महाप्रबन्धक पनि हुन् । त्यहाँ उनले एसबिआईको २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्थे ।

टिप्पणीहरू