विद्यालयलाई ग्लोबल क्यापिटलको डिजिटल बोर्ड

विद्यालयलाई ग्लोबल क्यापिटलको डिजिटल बोर्ड

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बागलुङको पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयलाई तीन वटा डिजिटल बोर्ड प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ क्यापिटलले ती डिजिटल बोर्ड हस्तान्तरण गरिएको जनाइएको छ ।

क्यापिटलका अनुसार विद्यालयमा धितोपत्र बजारसँग सम्बन्धित लगानी शिक्षा, पूँजी बजारजस्ता वित्तिय साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको थियो । जसमा कम्पनीका सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारसम्बन्धित विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए । 

कार्यक्रममा सरकारी प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थीसँगै स्थानीय जनप्रतिनिधि, नागरिकहरू पनि सहभागी भएको क्यापिटलले जनाएको छ ।

टिप्पणीहरू