महालक्ष्मी आईएसओ ९००१ : २०१५ बाट पुनः प्रमाणित
महालक्ष्मी विकास बैंक आईएसओ ९००१ :२०१५ बाट पुनः प्रमाणित भएको छ । गत भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित हुन सफल भएको हो ।
यसअघि गत वर्ष साउनमा भएको गुणस्तर व्यवस्थापन प्रणालीमा पनि बैंक प्रमाणित भएको थियो । जसमा बैंकले ‘विकास बैंकिङ्ग गतिविधिहरुको प्रावधान’ अन्तर्गत प्रमाणपत्र प्राप्त गर्दै विकास बैंकमध्ये अग्रणी बैंक बन्न सफल भएको थियो ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका, उत्कृष्ट सेवा प्रदान गर्नसक्ने, ग्राहक सन्तृष्टिलाई सुनिश्चित तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्नसक्ने संस्था मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छन् ।
यो प्रमाणपत्र प्राप्तिका निम्ति बैंकको निति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिटसमेत गरिन्छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत ३१ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी बैंकको देशभर आठ लाख बढी ग्राहक छन् ।
टिप्पणीहरू