राष्ट्र बैंकले असर्फी नबेच्ने, चाँदीका सिक्का किन्न नागरिकता अनिवार्य
नेपाल राष्ट्र बैंकले यो वर्षको तिहारमा सुनका असर्फी नबेच्ने भएको छ । तिहारको पहिलो दिन धनतेरसलाई लक्षित गर्दै बैंकले सीमित संख्यामा चाँदीका सिक्का (मेडालियन) बिक्री गरेको छ ।
टक्सार महाशाखाले हिजोदेखि चाँदीका सिक्का बिक्री गरिएको र लक्ष्मी मेडालियन (१० ग्राम) को मूल्य तीन हजार रुपैयाँ तोकिएको जनाएको छ । त्यस्तै गणेश मेडालियन (१० ग्राम), गजलक्ष्मी मेडालियन (१० ग्राम) र गाई मेडालियन (१० ग्राम) पनि तीन हजारमा बिक्री गरिँदैछ ।
मेडालियन खरिद गर्नेले नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने छ । एक जनालाई चारथरी सिक्का एक एक थान मात्रै दिइने भएकाले खरिदकर्तासँग नागरिकता लिन लागिएको बैंकका कर्मचारीले बताएका छन् ।
टिप्पणीहरू