हराएका सिइओ खोज्दै नेप्सेका कर्मचारी

हराएका सिइओ खोज्दै नेप्सेका कर्मचारी

नेप्सेका अध्यक्ष हेमन्त बस्याल र सिईओ चुडामणि चापागाईँको राजीनामा माग्दै कर्मचारीहरु आज पनि आन्दोलनमा उत्रिएका छन् । २३ औं दिन आज पनि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् । कालोपट्टी बाँधेर आन्दोलनमा आएका कर्मचारीहरुले अध्यक्ष र सिईयोलाई तत्काल राजीनामा दिन भनेका छन् । 

उनीहरुले ‘आज आन्दोलनको २३ औं दिन । हामी निरन्तर आन्दोलित छौं’,‘नेप्सेको सिईयो चुडामणि चापागाईँ हराइरहेको सूचना’,‘असक्षम झोले अध्यक्ष हेमन्त बस्याल राजीनामा दे’,‘असक्षम झोले सिईयो चुडामणि चापागाईँ राजीनामा दे’,‘रिमुभ द पपेट चियरम्यान, सेभ नेप्से’ लगायतका प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू