एभरेष्ट बैंकले शेयर धनीलाई लाभांश बाँड्ने
एभरेष्ट बैंकले आफ्ना शेयर धनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको हालै सम्पन्न ३१ औं वार्षिक साधारण सभाले शेयर धनीलाई ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बानेस शेयरमा लाग्ने करसमेत) वितरणको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित बैंकको आर्थिक वर्ष २०८१–०८२ को प्रतिवेदन पारित गरेको छ । साथै, चालु आर्थिक वर्ष २०८२–०८३ को लागि जीपी राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मतले पारित भएको छ ।
टिप्पणीहरू