दुईवटा मनिचेञ्जरको लाइसेन्स रद्द

दुईवटा मनिचेञ्जरको लाइसेन्स रद्द

नेपाल राष्ट्र बैंकले दुईटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । तोकिएको समयमा नवीकरण नगरेपछि ती कम्पनीको लाइसेन्स रद्द गरिएको बताइन्छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज प्रालि र ठमेलस्थित केटीएम ओम मनि एक्सचेन्ज प्रालिको इजाजतपत्र रद्द गरिएको छ । 

ती कम्पनीले नियमानुसार तीन महिनाभित्र नवीकरण गर्न नसकेकाले इजाजतपत्र रद्द भएको हो ।

टिप्पणीहरू