फ्रन्टलाईन अस्पतालमा माछापुच्छ्रेका ग्राहकलाई १३ प्रतिशत छुट

फ्रन्टलाईन अस्पतालमा माछापुच्छ्रेका ग्राहकलाई १३ प्रतिशत छुट

माछापुच्छ्रे बैंकमा खाता हुनेहरुले अब फ्रन्टलाईन अस्पतालमा उपचार गराउँदा १३ प्रतिशतसम्म छुट पाउने छन् । अस्पताल र बैंकबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीसँगै फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने ओपिडि, बेड तथा सर्जरी, ल्याबलगायतका अन्य स्वास्थ्य सेवामा ग्राहकले न्युनतम ५ देखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । पुरानो बानेश्वरमा रहेको अस्पतालमा बैंकका ग्राहकहरुले डेबिट/क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा त्यस्तो छुट पाउने बताइएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार-व्यवसायीसँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ । यस प्रकारको सम्झौताले ग्राहकलाई सुविधालगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा समेत सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

माछापुच्छ्रे बैंकले हालसम्म देशका सातओटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा र २०६ एटिएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
 

टिप्पणीहरू