डीटीएमएक्स ९७७ सिरिज फिनालेको टिकट आइएमई पेबाट

डीटीएमएक्स ९७७ सिरिज फिनालेको टिकट आइएमई पेबाट
सुन्नुहोस्

काभ्रेपलाञ्चोकको धुलिखेलमा भोलि हुने डीटीएमएक्स ९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पेमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ । आइएमई पेमार्फत पाँच सय रुपैयाँमा उक्त सिरिजको टिकट खरिद गर्न सकिने कम्पनीले बताएको छ ।  

एलिट तथा ओपन वर्गमा हुने रेसहरुमा विजेताले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स जित्नेछ । दुवै वर्गका शीर्ष दाबेदारहरुले एसर्बिस रेसिङको उत्कृष्ट गियर पनि जित्नेछन् । 

उक्त डर्टबाइक रेसिङसँगै कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्रा सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्तेलगायतका कलाकारहरुको सांगीतिक प्रदर्शन समेत रहेको छ ।

विभिन्न सांगीतिक ब्यान्ड, मोटोक्रम प्रतिस्पर्धा, लाइभ संगीत प्रदर्शन र धेरै उपहारले भरिएको एड्रेनालाइन–पम्पिङ दिनको निम्ति टिकटहरु आइएमई पेमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
 

टिप्पणीहरू