दिपक भट्टको आड र आरजुको क्याम्पसमा धितोपत्र बोर्डका अध्यक्षको पत्रकार सम्मेलन

दिपक भट्टको आड र आरजुको क्याम्पसमा धितोपत्र बोर्डका अध्यक्षको पत्रकार सम्मेलन

नेपाल धितोपत्र बोर्डका अध्यक्षले दोहोरो नागरिकताको बारेमा स्पष्टिकरण दिएका छन् । अध्यक्ष रमेशकुमार हमालले दोहोरो नागरिकताको विषय उठाएर आफ्नो चरित्र हत्या गरिएको आरोप लगाएका छन् । 

तथ्यहीन समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै उनले भनेका छन्, ‘नेपाली नागरिकको हैसियतमा देशको सेवा गर्न पाउने विषयलाई गर्वको रुपमा लिएको छु । तर  केही समाचारमा लगाइएका आरोपहरु निराधार र कपोकल्पित हुन् । 

आफू विदेशमा बसे पनि नेपाली नागरिकको हैसियतमा काम गर्दै आएको उनको दाबी छ । उनी अहिले पनि महिनाको दुई साता बैंककमा बस्ने गरेको कर्मचारीहरु नै बताउँछन् । तर आफूले अन्य कुनै पनि देशको नागरिकता वा राहदानी नलिएको उल्लेख गरे । 

वर्षौंदेखि बैंककमा बस्दै आएका हमाल अहिले पनि व्यापारिक प्रयोजनको निम्ति निरन्तर आउजाउ गरिरहन्छन् । थाइल्याण्डले लगानीकर्ताको हैसियतअनुसार पाँच वर्षको स्थायी आवासीय सुविधा दिने गरेको छ । त्यो प्रत्येक पाँच वर्षमा नवीकरण गर्ने मिल्ने यसअघि बैंककस्थित नेपाली दूतावासमा कार्यरत नेपाल सरकारका एक जना अधिकृतले बताए ।

आजै जारी गरिएको विज्ञप्तिमा उनले झण्डै डेढ वर्षदेखि धितोपत्र बजारको विकास र विस्तारमा निरन्तर लागिरहेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलन सातदोबाटो र ग्वार्कोको बीचमा रहेको काठमाडौं कलेज अफ म्यानेजमेण्ट (केसीएम) मा गरिएको हो । उक्त कलेजमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाको सबैभन्दा धेरै लगानी छ । पत्रकार सम्मेलन गरिरहँदा बिचौलिया दिपक भट्ट कलेजको एउटा कोठामा रहेको स्रोतको दाबी छ ।

टिप्पणीहरू