ग्लोबल आईएमईको सात ठाउँमा स्वास्थ्य शिविर
ग्लोबल आइएमई बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अभियानअन्तर्गत बैंकले सबै प्रदेश समेटिने गरी सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर चलाएको हो ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा प्रदान गरेका थिए । महिलाहको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरणलगायतका सेवा शिविरमा उपलब्ध गराइएको आईएमई बैंकले जानकारी दिएको…