विपन्न परिवारका बालबालिकालाई माछापुच्छ्रेको स्वटेर र ब्ल्याङ्गकेट

विपन्न परिवारका बालबालिकालाई माछापुच्छ्रेको स्वटेर र ब्ल्याङ्गकेट

माछापुच्छ्रे बैंकले उदयपुरको खाँबुस्थित सिद्धवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विपन्न परिवारका बालबालिकालाई स्वेटर बाँडेको हो । 

विपन्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै २६५ थान स्वेटर वितरण गरेको बैंकले जनाएको छ । त्यस्तै, पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरुलाई ४० थान ब्ल्याङ्गकेट वितरण गरेको बैंकले बताएको छ । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, १५७ वटा शाखारहित बैंकिङ्ग सेवा, २०६ वटा एटिएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

टिप्पणीहरू