एनआईसी एशिया बैंकका ग्राहक तनावमा,अर्कै कित्ताको घर लिलाम
बुटवलमा सूचनाबमोजिम लिलाममा घरजग्गा सकार्ने व्यक्ति तनावमा छन् । पौने एक करोडमा किनिएको घर नै फरक कित्तामा बनेको रहस्य खुलेपछि तनाव बढेको बताइन्छ । एनआइसी एशिया बैंकको बुटवल शाखाले गरेको घरजग्गा लिलामीमा उक्त अवस्था आइपरेको हो । ऋणीले समयमा कर्जा चुक्ता गर्न नसकेपछि अघिल्लो वर्ष माघ ४ गते सात दिनको म्याद राखेर रुपन्देहीको सैनामैना नगरपालिका १ कित्ता नम्बर ८५६ ,बुटवल उपमहानगरपालिका ११ को कित्ता नम्बर ३९५ र देवदह नगरपालिका ९ को कित्ता नम्बर ७३७ का घरजग्गाहरु लि…