स्वदेश जानुअघि मलेसियाका गृहमन्त्री चन्द्रागिरीमा

स्वदेश जानुअघि मलेसियाका गृहमन्त्री चन्द्रागिरीमा

मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले आज बिहान चन्द्रागिरी हिल्सको भ्रमण गरेका छन् ।

मलेसियाको पर्यटकीय क्षेत्र ग्यान्टिङ्ग हाइल्याण्डसँग मिल्दोजुल्दो रहेको बताउँदै गृहमन्त्री इस्लामीले परियोजनाको अवलोकन भ्रमणपछि थप पर्यटकीय पूर्वाधार निर्माणमा नेपाललाई सफलताको शुभकामना दिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

आइएमईका संस्थापकद्वय चन्द्रप्रसाद ढकाल र हेमराज ढकालले मलेसियाको त्यहाँको ग्यान्टिङ्ग हाइल्याण्डबाट प्रभावित भएर उक्त परियोजना निर्माण गरेका हुन् ।
 
चन्द्रागिरी डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्टलगायत पूर्वाधार निर्माण गरेर सो क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

गृहमन्त्री इस्मालीको टोली आज मध्यान्ह बंगलादेशको राजधानी ढाका हुँदै स्वदेश प्रस्थान गरेको हो ।

टिप्पणीहरू