सि ए टी क्याट, क्याट माने मुसा
शिक्षक आन्दोलन चर्किरहेको छ, त्यसैले गुरुहरूले विद्यार्थीलाई राम्ररी पढाइरहेका छैनन् । राम्ररी मात्र होइन, सही कुरा नै पढाएका छैनन् । मेरो छोरालाई स्कूलमा सी ए टी क्याट, क्याट माने मुसा भनेर पढाइएको रहेछ । यो त पटक्कै मिलेन । स्कूलमा गएर शिक्षकलाई भेटेँ । अनि छोरोलाई पढाइएको विषयमा कुरा राखेँ, ‘के हो सर, तपाईंंले त बच्चाहरूलाई सि ए टी क्याट, क्याट माने मुसा भनेर पो पढाउनुभएछ । के पढाउन आउँदैन ?’ शिक्षकले भने, ‘पढाउन राम्ररी आउँछ तर म पढाउँदिन । सरका…