यसरी पक्राउ परे दुर्गा प्रसाइँ
फाइल फाेटाे
चैत १५ गते काठमाडौंको तीनकुनेमा वितण्डा मच्चाएर भारततर्फ भागेका दुर्गा प्रसाईं अहिले प्रहरी हिरासतमा छन् । व्यक्तिको घर तोडफोड र आगजनी गरेको तथा सार्वजनिक सम्पत्ति नष्ट पारेको आरोपमा फौजदारी अभियोग लागेका उनीमाथि सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको विषयमा समेत अनुसन्धान भइरहेको छ ।
उनी पक्राउ पर्नुमा नेपाल प्रहरीको सक्रियता एकातर्फ छँदैछ, आफ्नै हेलचेक्य्राइँ अर्को महत्वपूर्ण कारण रहेको सुरक्षा अधिकारीहरू बताउँछन् । उत्तर भारतको आसामस्थित बक्सा जिल्लाअन्तर्गत निकासी भन्ने ठाउँमा उनी लुकेर बसेका थिए । निकासी त्यस्तो ठाउँ हो जहाँ नेपाली भाषीको घना बसोबास छ । त्यहीं भारतीय जनता पार्टीको माउ संगठनका रुपमा चिनिने राष्ट्रिय स्वयंसेवक संघका एक जना नेताको घरमा लुकेर बसेका थिए ।
पाठक थरका ती पात्रको नेपालका प्रधानमन्त्री केपी ओलीदेखि नरेन्द्र मोदीसँग समेत प्रगाढ सम्बन्ध रहेको बताइन्छ । केपी ओलीलाई आफन्त बताउने, पुख्र्यौली घर तेह्रथुमको आठराई रहेका उनलाई त्यहाँ स्थानीय मानिसहरूले निकै ठूला र प्रभावशाली नेताको रुपमा चिन्ने गर्दछन् । अध्ययनको सिलसिलामा आउँदा उनले नेपाली नेताहरूसँग राम्रो सम्बन्ध बनाएका थिए ।
त्यहीबेला हो, त्यतिवेला एमाले केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईंसँग समेत सम्बन्ध विस्तार भएको । हो, उनैको घर अगाडि आँगनमा रहेको मन्दिरमा पूजा गर्दै आफू नेपालमै रहेको दावी सामाजिक सञ्जालमार्फत गरेपछि दुर्गा प्रसाईं खास कहाँ बसेका छन् भन्ने लोकेशन पहिल्याउन प्रहरीलाई सहज भएको बताइन्छ ।
दुर्गा प्रसाईंलाई समात्न गएको प्रहरी टोलीका एक सदस्यका अनुसार रमाइलो त के पनि देखियो भने त्यहाँका स्थानीय बासिन्दालाई उनीं नेपालमा निकै ठूला नेता सांसद र प्रभावशाली व्यक्तित्व हुन् भन्ने परेको रहेछ । पूर्व राजा ज्ञानेन्द्रसँगको उठबस र राजा फर्काउने अभियानको समेत नेतृत्वकर्ताका रुपमा उनलाई स्थानीयले निकै ठूलो सम्मान दिने गरेका रहेछन् ।
त्यति मात्रै होइन लामो समयदेखि आफ्नो भाषा, धर्म र संस्कृतिमाथि आक्रमण भइरहेको बेला हिन्दू धर्मको रक्षा र नेपालमा राजतन्त्रको पुनःस्थापनाजस्ता विषयलाई दुर्गा प्रसाइँहरूले अगाडि बढाएकै कारण दुर्गालाई उनीहरुले सेल्टर दिनु उचित ठानेका रहेछन् ।
शुरुमा पाठकको घर पुगेका दुर्गा प्रसाईं त्यहाँ भिडियो बनाएर होहल्ला भएपछि आसामको केन्द्रका रूपमा चिनिने शहर गोहाटी पुगेका रहेछन् । त्यहीबेला नेपालबाट गएको आठ जनाको टोली र भारतीय प्रहरीबीचको समन्वयका आधारमा पक्राउ परेका हुन् ।
टिप्पणीहरू