सरकार समस्यामा छ कि संकटमा ?
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेसको समर्थन रहँदासम्म वर्तमान सरकारमाथि गणितीय चुनौती देखिँदैन । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने प्रत्येक दिन सरकार नढल्ने प्रस्टीकरण दिँदै हिँड्नुपरेको छ । शेरबहादुर देउवा बैंकक भ्रमणमा रहेका बेला अघिल्लो साता सरकार परिवर्तनको चर्चाले राष्ट्रिय राजनीतिमा ठूलै हलचल मच्चियो । ओली स्वयंले बैंककमा फोन घुमाउनुपर्यो । भलै देउवाले नेपाल फर्कनासाथ गठबन्धन तलमाथि नहुने प्रष्ट पारिसकेका छन्, तर सरकारको स्थायित्वलाई लिएर उठेका प्रश्न र आश…