एमालेका अर्का पुराना नेता बाहिर

एमालेका अर्का पुराना नेता बाहिर

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन् । 

एघारौँ राष्ट्रिय महाधिवेशनको संघारमा उनले अबदेखि पार्टीमा सक्रिय नहुने घोषणा गरेका हुन् । ०३५ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा जोडिएका रानाको स्थायी घर पाल्पा भए पनि हाल काठमाडौँको बुढानीलकण्ठमा बस्दै आएका छन् । 

संविधानसभा सदस्य तथा पूर्व मन्त्रीसमेत रहेका रानालाई उनलाई एमाले वृत्तमा पाका र अनुभवी नेताको रुपमा लिइन्छ । भोलिदेखि शुरु हुने महाधिवेशनमा सहभागी नहुने बताउँदै उनले ४५ वर्षको सक्रिय राजनीतिक जीवनमा सहयोग गर्ने सबै सहकर्मी र शुभचिन्तकहरुलाई धन्यवादसमेत दिएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीका समकालीन नेताहरू प्राय: सबै एमालेको सक्रिय राजनीतिबाट बिदा भैसकेका छन् ।

टिप्पणीहरू