आधा कार्यकाल सकिएपछि क्याविनेट विस्तार

आधा कार्यकाल सकिएपछि क्याविनेट विस्तार

प्रधानमन्त्री सुशीला कार्कीले चौंथो पटक क्याविनेट विस्तार गर्न लागेकी छन् । बालुवाटार स्रोतका अनुसार आज वन, भूमि, महिला र श्रम मन्त्री नियुक्ति गर्न लागिएको हो ।
 
आज दिउँसो ३ बजे शपथ खुवाउनेगरी प्रा.डा कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईँ र श्रद्धा श्रेष्ठको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिएको बताइएको छ । 

भूमिमन्त्रीको जिम्मेवारी पाउन लागेका इङ्नामले लामो समयदेखि ‘काठमाडौँ स्कुल अफ ल’मा अन्तराष्ट्रिय व्यापार र वित्तीय अपराध विषयमा प्रध्यापन गर्दै आएका छन् । भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन् । उनलाई श्रममन्त्री बनाउन लागिएको बुझिएको छ । 

वनमन्त्री बनाइन लागेका चौलागाईँ लेखक तथा अनुसन्धानकर्ता हुन् । श्रेष्ठ महिलामन्त्री बन्नेछिन् ।

फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेड पाएको चुनावी सरकार कार्यकालको मध्यतिर आइपुग्दा मन्त्री थप्न लागिएको हो । आज चार मन्त्री थपिएपछि कार्की नेतृत्वको क्याविनेट १४ सदस्यीय बन्नेछ ।

टिप्पणीहरू