च्यासलमा झोला र टोपी किन्नेकाे घुइँचो
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा च्यासलस्थित पार्टी मुख्यालय परिसरमा नेता तथा कार्यकर्ताको भीड लागेको छ । भोलि भक्तपुरको सल्लाघारी चौरमा उद्घाटन हुने महाधिवेशनको लागि झोला र टोली किन्न महाधिवेशन प्रतिनिधि र अन्य कार्यकर्ताको घुइँचो लागेको हो ।
यो समाचार तयार पर्दासम्म पनि च्यासलमा कार्यकर्ताको भरिभराउ छ । भने, सचिवालय बैठक पनि जारी छ । ‘भित्र बैठक चलिरहेको छ’, च्यासलबाटै एक नेताले भने, ‘बाहिर कार्यकर्ताहरु झोला र टोपी किन्न लाइन लागेका छन् ।’
टिप्पणीहरू